नाफामा प्रभु, कुमारी र प्राइमको उछाल, नबिलले इन्ड्रष्टी टप्दा १० बैंकको घट्यो

  २०८१ साउन २१ गते ८:०६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०८१ मा बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले कुल ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा गरेका थिए । गत आवमा अघिल्लो आवको तुलनामा बैंकहरुको नाफा १३.३९ प्रतिशत बढेको हो ।

प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक अगाडि देखिएको भएपनि नबिल बैंक बढी नाफा गर्ने बैंकको पहिलो नम्बरमा छ ।

बैंकहरुको वित्तीय विवरणअनुसार प्रभु बैंकले १४९९.०३ प्रतिशतको नाफा वृद्धि गरेको छ भने कुमारी र प्राइम कमर्सियल बैंकले क्रमशः ३४५.६६ प्रतिशत र २६७.१८ प्रतिशतको नाफा वृद्धि गरेका छन् ।

यस्तै, वाणिज्य बैंकमै सबैभन्दा बढी नाफा गर्ने बैंक भने नबिल रहेको छ । नबिलले गत आर्थिक वर्षमा १०.२२ प्रतिशतको नाफा बढाएर कुल ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ ।

यो अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.