सानिमा बैंकको नाफा साढे २ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

  २०८१ साउन २१ गते ११:५८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा ८.५९ प्रतिशत घटेर २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशत घटेर ६ अर्ब १७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने २७.६६ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता भने १०.४० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष २६.८९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ छ । बैंकले गत असारसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी २०.९१ रुपैयाँबाट घटेर १७.५४ रुपैयाँमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५४.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२१.३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९१ गुणा र तरलता अनुपात २९.२१ प्रतिशत कायम छ । अघिल्लो वर्ष १.३१ प्रतिशत रहेको खराब कर्जा गत असारसम्म बढेर १.७३ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.