२०८१ साउन २३ गते १६:४६ विकासन्युज
काठमाडौं । साइबर सुरक्षा कम्पनी वन कभर प्राइभेट लिमिटेड र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
लिबर्टी कलेज ग्लोबल कलेजको एक मात्र स्वामित्व र व्यवस्थापनमा रहेको छ । र, यसले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रम सुरु गरेको छ ।
यस संस्थागत सहकार्यको उद्देश्य कलेजमा साइबर सुरक्षा जागरूकता, शिक्षा, र घटनाको व्यवस्थापनलाई उल्लेखनीय रूपमा वृद्धि गर्नु भएको बताइएको छ । उक्त सहकार्यले लिबर्टी कलेज र विशेष गरी यसको विद्यार्थी समुदायका लागि सुरक्षित र जानकारीयुक्त डिजिटल वातावरण प्रदान गर्ने छ ।
वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेज तथा यसको मातृ कम्पनी ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरुले वन हबको टोलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
साथै, लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रिन्सिपल प्रदीप पराजुली, आईटीका शैक्षिक प्रमुख डा. समीर खरेल र लिबर्टी कलेजको टोली उपस्थित थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.