अमेरिकी डलर र युरोको मूल्यले निरन्तर रेकर्ड बनाउँदै, कति पुग्यो ?

  २०८१ साउन २५ गते ६:३०     विकासन्युज

काठमाडौं । शुक्रबार पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ चुमेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६५ रुपैयाँ र खरिददर १३४.०५ रुपैयाँ तोकेको छ । यसअघि हिजो बिहीबार डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ थियो ।

आज युरोपियन युरो एकको खरिददर १४६.४८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.१४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.९३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.८५ रुपैयाँ र बिक्रीदर ८८.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५२ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ तोकिएको छ ।

यसअघि हिजो बिहीबार युरोपियन युरो एकको खरिददर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६८ रुपैयाँ र बिक्रीदर १७१.४४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५३ रुपैयाँ र बिक्रीदर ९७.९७ रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.९६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.