२०८१ साउन २५ गते १२:३५ विकासन्युज
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको साउन २४ गते बसेको सञ्चालक समिति बैठकले सनराइज फस्र्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने कम्पनी सचिव सन्दिप प्रधानले जानकारी दिए ।
लक्ष्मी सनराइज क्यापिट योजना व्यवस्थापक रहेका यी दुई फण्डको कोष प्रर्वद्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.