२०८१ साउन २८ गते १७:०८ विकासन्युज
काठमाडौं । एनसेलको सेवामा सोमबार दिउँसो साढे ३ बजेदेखि समस्या देखिएको छ । एनसेलको सिम प्रयोगकर्ताहरूले फोन नलाग्ने, डेटा नचल्ने र टावर नदेखाउने समस्याहरूको सामना गरिरहेका छन् ।
एनसेलले यो विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै प्राविधिक समस्याका कारण सेवाहरू अवरुद्ध भएको जनाएको छ ।
तर, समस्या के हो भन्नेबारे स्पष्ट खुलाएको छैन् । एनसेलले समस्या समाधानका लागि तदारुकताका साथ काम भइरहेको र सेवा यथाशीघ्र पुनः सुचारु गरिने बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.