२०८१ साउन २९ गते १५:१८ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ ।
बैंक र आगन्तुक रिसाेर्ट (धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.