नाडा अटो शोमा ग्लोबल आइएमई र नबिल बैंकसहित ७ वटा वित्त कम्पनीले भाग लिने

  २०८१ साउन ३० गते १५:११     विकासन्युज

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा  ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् ।

भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले  भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

आयोजकका अनुसार यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

यस पटकको अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् ।

कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.