नाडा अटो शो : ७० प्रतिशत ईभीको सहभागीता, अग्रिम टिकट बुकिङमा क्यासब्याककाे सुविधा

  २०८१ साउन ३० गते १८:५१     विकासन्युज

काठमाडौं । ‘नाडा अटो शो २०२४’ को तयारी पूरा भएको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा अटो शोको तयारी पूरा भएको हो ।

नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालले मंगलबार पत्रकार सम्मेलन गर्दै शोको तयारी पूरा भएको जानकारी दिएको छ । यस पटकको शोमा विगत भन्दा भव्य हुने दाबी नाडाले गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीले विगतभन्दा यस पटकको अटो शो भव्य हुने बताए ।

टाटा डट इभी मुख्य प्रायोजक रहको उक्त शोको सह प्रायोजकमा भने शिखर इन्स्योरेन्स र सर्भो लुब्रिकेन्स रहेका छन् । उक्त शोमा प्रवेशका लागि अनलाइनबाट नै टिकट काट्न सकिने जनाइएको छ ।

शोको टिकटिङ पार्टनरका रूपमा खल्ती वालेट रहेको छ । उक्त अटो शोले अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने नाडाको दाबी छ ।

यसले देशका अर्थतन्त्रलाई नै बढाउने दाबी शोका संयोजकन अनुप बरालले गरे ।

५५ ब्राण्डका सवारीसाधको सहभागीता

उक्त अटो शोमा ५५ वटा ब्राण्डका सवारीसाधनको सहभागीता रहने नाडाले जनाएको छ । जसमा २४ वटा चारपांग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक सवारीसाधनको सहभागीता हुने जनाइएको छ ।

यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट विक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीसहित जम्मा ९५ वटा प्रदर्शकहरू रहने छन् । उक्त प्रदर्शकहरूले १३० वटा स्टलमा प्रदर्शन गर्नेछन् ।

२६ अगस्टसम्म टिकट बुक गर्नेलाई २० प्रतिशत छुट

उक्त शोका लागि २६ अगस्टभित्रै टिकट बुकिङ गर्नेले २० प्रतिशत क्यास ब्याक पाउने नाडाले उल्लेख गरेको छ । उक्त शोमा ७५ हजार बढी आगन्तुकहरू सहभागी हुने नाडाको अनुमान छ । उक्त आगन्तुकमध्ये एक जनाले जुम स्कूटर जित्ने अवसार पाउने छन् । जसलाई सीजी मोटर्सले प्रायोजन गरेको छ ।

ईभीको सहभागीता ७० प्रतिशत

उक्त अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) को वर्चस्व रहने नाडा संयोजक बरालले बताए । नेपाली बजारमा सबैभन्दा छिटो ईभी एडप्ट भएको उल्लेख गर्दै उनले उक्त शोमा ७० प्रतिशत सहभागीता ईभीका साधनहरूको हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.