२०८१ साउन ३१ गते ६:५२ विकासन्युज
काठमाडौं । सर्वाेत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १८.५१ प्रतिशत घटेर १७ करोड ४२ लाख मात्रै आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.४७ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
साथै कम्पनीको अन्य आम्दानी २९८.९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।
यसअवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेर ७९ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ९७ करोड १५ लाख रुपैयाँ थियो ।
गत असारसम्म कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेर ६१ करोड ३७ लाख रुपैयाँ गरेको छ अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३५ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १४.८१ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र अन्य इक्विटी ३६.४९ प्रतिशत बढेर ४ अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँ घटेर ३.७५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.