२०८१ साउन ३२ गते १२:१४ विकासन्युज
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे १८ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत वर्ष खुद नाफा औसत १८.६७ प्रतिशत बढेर १ अर्ब ४९ करोड १७ लाख रपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा होटलहरूले १ अर्ब २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।
नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटलले नोक्सानी बेहोरेको छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढेको छ ।
यस्तै गत वर्ष यी होटल कम्पनीहरूको कुल आम्दानी १७.४० प्रतिशत बढेर ६ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ९५ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेका थिए ।
चन्द्रागिरी हिल्स
चन्द्रागिरी हिल्सको गत वर्ष खुद नाफा ९९.३९ प्रतिशत बढेर २२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी अघिल्लो वर्ष यस कम्पनीको खुद नाफा ११ करोड २० लाख रुपैयाँ मात्रै थियो । बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमनमा उल्लेख्य सुधार भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार गत वर्ष पर्यटकहरू ६.८८ प्रतिशत बढेर ७ लाख ६८ हजार २७० आवगमन भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा करिब ७ लाख १८ हजार ८४४ पर्यटकहरूको आवागमन भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालन आम्दानी ९.४९ प्रतिशत बढेर १ अर्ब १ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी ८.८० प्रतिशत बढेर ८७ करोड ३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
अघिल्लो वर्ष २३ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको यस कम्पनीले गत वर्ष २९.३७ प्रतिशत बढेर ३० करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १० करोड ७७ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको यस कम्पनीले गत वर्ष ११ करोड ६६ लाख रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ बढेर १४.५६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ ।
कालिञ्चोक दर्शन
कालिञ्चोक दर्शनको खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको आम्दानी २३.२२ प्रतिशत बढेर ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ र वित्तीय खर्च २१.७३ प्रतिशत बढेर १ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ र जगेडा कोष ३२.७४ प्रतिशत बढेर ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर ४.४७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २५८.३८ गुणा छ ।
ओरियण्टल होटल
ओरियण्टल होटलको खुद नाफा २३.९२ प्रतिशत घटेर १२ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ६.३४ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा होटलको कुल आम्दानी ०.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ८९ करोड ७७ लाख रुपैयाँ कुल खर्च रहेको यस होटलको गत वर्ष ८.१४ प्रतिशत बढेर ९७ करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन मुनाफा २१.६७ प्रतिशत घटेर २४ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ । नाफासँगै होटलको प्रतिसेयर आम्दानी ३.४२ रुपैयाँ घटेर १०.८४ रुपैयाँमा झरेको छ । होटलको प्रतिसेयर नेटवर्थ ३४३.४२ रुपैयाँ रहेको छ ।
तारागाउँ रिजेन्सी
तारागाउँ रिजेन्सीको गत वर्ष नाफा २८.१७ प्रतिशत बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३४ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमन वृद्धिका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यवसायिक प्रतिस्पर्धा सिर्जना भएको देखिन्छ । तर, यस होटलले व्यवसायिक प्रतिस्पर्धामा अब्बल बनाएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोष ९१ करोड ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.४३ रुपैयाँबाट बढेर २६.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.५५ गुणा रहेको छ ।
सिटि होटल
अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी बेहोरेको सिटि होटलले गत वर्ष घटाएर २० करोड ४७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्ष होटलको सञ्चालन आम्दानी ६.५७ प्रतिशत बढेर ५० करोड ४२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ७० लाख रुपैयाँ कुल खर्च गरेको यस होटलको गत वर्ष २.८१ प्रतिशत बढेर ३७ करोड ७४ लाख रुपैयाँ गरेको छ ।
यसअवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ छ भने अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.२३ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४५६ रुपैयाँ रहेको छ ।
सोल्टी होटल
सोल्टी होटलको गत वर्ष खुद नाफा ८.३० प्रतिशत बढेर ६० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्ष २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको यस होटलले गत वर्ष २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ गरेको छ । होटलले गत वर्ष १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
अघिल्लो वर्ष ८६ लाख ६० हजार रुपैयाँ वित्तीय लागत रहेको यस होटलको गत वर्ष घटेर ३४ करोड १४ लाख रुपैयाँमा सीमित गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब २२ करोड १६ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँबाट बढेर ६.४७ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २५.४३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६८.३१ गुणा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.