२०८१ भदौ ४ गते ७:५५ विकासन्युज
काठमाडौं । नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो ।
बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ ।
तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.