मुकेश अम्बानीको घरभन्दा महँगो याट, मूल्य कति ?

  २०८१ भदौ ५ गते १८:१५     विकासन्युज

काठमाडौं । यदि कसैले संसारको सबैभन्दा महँगो चिज के हो भनेर सोध्यो भने धेरैले मुकेश अम्बानीको घर ‘एन्टिलिया’ को नाम लिन्छन् ।
तर, यो जवाफ गलत हुनेछ ।

फोर्ब्सका अनुसार संसारको सबैभन्दा महँगो वस्तु भनेको याट हो । यसको मूल्य एन्टिलियाको भन्दा दोब्बर छ ।

विलासी सुविधाले भरिएको यो याट एक मलेसियाली व्यापारीको हो । यद्यपि, यी व्यवसायीको नाम भने खुलाइएको छैन ।

यो याट सन् २०११ मा लन्च गरिएको थियो । यसको नाम ‘हिस्ट्री सुप्रिम याट’ हो । यो प्रसिद्ध ब्रिटिस डिजाइनर स्टुअर्ट ह्युजेसद्वारा बनाइएको थियो । स्टुअर्ट लक्जरी वस्तुहरू बनाउनका लागि परिचित छन् । यो याट पूरा हुन तीन वर्ष लागेको थियो ।

मूल्य कति ?

फोर्ब्सका अनुसार यो याटको मूल्य ४ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ । जहाँ मुकेश अम्बानीको घर एन्टिलियाको मूल्य २ अर्ब डलर रहेको छ । यो याटको सबैभन्दा विशेष कुरा यो हो कि, यो सुन र प्लेटिनमको मोटो तहले ढाकिएको छ ।

डाइनोसोरको हड्डीदेखि उल्कापिण्डसम्म प्रयोग

यो याटको विशेषताले जो कोहीलाई छक्क पार्न सक्छ । यसमा एक धेरै विलासी बेडरुम छ । बेडरुममा एउटा मूर्ति छ, जुन डाइनोसोरको हड्डीबाट बनेको छ । साथै, यसको भित्ता पनि उल्कापिण्डले बनेको छ । यसमा १० हजार किलो सुन र प्लेटिनम प्रयोग गरिएको छ ।

हिरा जडित वाइन बोतल

याटमा १८.५ क्यारेट हीरा जडित एक अद्वितीय वाइन बोतल पनि छ । साथै, यसको मास्टर सुइटमा एक्वाभिस्टा प्यानारोमिक वाल एक्वेरियम समावेश छ । यसको तौल ६८ किलो छ र २४ क्यारेट सुनले बनेको छ ।

फोर्ब्सको सूचीमा यो याट विश्वको सबैभन्दा महँगो वस्तुको सूचीमा पहिलो नम्बरमा परेको छ । दोस्रो स्थानमा मुकेश अम्बानीको घर एन्टिलिया रहेको छ ।

तेस्रो नम्बरमा फ्रान्सको भिल्ला लियोपोल्डा रहेको छ । चौथो नम्बरमा ‘साल्भेटर मुन्डी’ र पाँचौं नम्बरमा ‘द कार्ड प्लेयर्स’ पेन्टिङ छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.