२०८१ भदौ ६ गते १५:२६ विकासन्युज
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको जनकपुर शाखा कार्यालयले दोस्रो वार्षिकोत्सव मनाएको छ। शाखाले बुधार स्थानीय व्यापारी, बचतकर्ता, बुद्धिजीवी आदिको उपस्थितिमा दोस्रो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमरकुमार चौधरीले उपस्थितहरूलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि फाइनान्सले उच्च साथ सहयोगको अपेक्षा राखेको बताए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेको शाखाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निः शुल्क प्रदान गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.