२०८१ भदौ ६ गते १६:०६ विकासन्युज
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै पन्च ईभी भित्र्याएकाे छ ।
भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका मार्केटिक म्यानेजर आभिरुची गिरीले बताएकी छन् । उनका अनुसार पन्च ईभी भारतमा मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।
नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । उनका अनुसार यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।
त्यस्तै, टाटा पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । अहिले ३५ किलोवाट ब्याट्री क्षमताको गाडी नेपाल आएको उनले बताए ।
यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको उनले बताएका छन् ।
सिप्रदी ट्रेडिङले टाटाका गाडी दशकौंदेखि नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । सिप्रदीले भन्सारबाट गाडी छुटाउनका लागि ४० लाखदेखि ४२ लाख रुपैयाँ मूल्य तोकेको छ । यद्यपि, यो गाडीको आधिकारिक मूल्य भने नाडा अटो शोमा मात्रै सार्वजनिक गर्ने उनले बताए । भन्सारको मूल्यभन्दा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ ।
नाडालाई लक्षित गरेर ल्याइएको यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ । कम्पनीले हाल ५ कलरमा यो गाडी सार्वजनिक गर्ने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
32,to 35 hunu parne ho yo gadi ko price mix