एमएडब्लू वृद्धिले लञ्च गर्याे नामीका तीन मोडल, मूल्य ३० लाख रुपैयाँ

  २०८१ भदौ ७ गते ८:४४     विकासन्युज

काठमाडौं । एमएडब्लू वृद्धिले चिनियाँ कम्पनी डोङफेङको नामी ब्राण्डको विद्युतीय कार नेपालमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी नामी ई १ देखि ई ३ सम्मका नामी मोडलहरू नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नेपालमा नामी ई १ का मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

नामी बक्स एक सव कम्प्याक ईभी हो । यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचरहरु छन् । यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन् ।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.