२०८१ भदौ ७ गते १५:०६ विकासन्युज
काठमाडौं । जीहोले एइ फो इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको कम्पनीले बताएको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ फोले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने कम्पनीले जनाएको छ ।
दक्षताको लागि डिजाइन
एइ फोको ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमी/घण्टा को गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।
सुरक्षा र नविनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै, एइ फोमा रहेको एबीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै कोलिजन वारनिंग सिस्टम र स्लाेप होल्ड इटिसिएसले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनयफसी की लेस इन्ट्री प्रणाली, र डिजिटलकी, पासवर्ड, र मेकानिकल की जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।
न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी
एइ फोको सेभेनफोभीटुसेभेनएयचएटीयल ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइपसी र यूएसबी चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।
स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एइ फोले सडकमा विशेष प्रभाव पार्छ । भी– शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जीओ राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, रिभर्स चार्जिंग, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.