ज्योति विकास बैंकका ग्राहकलाई ‘ट्याङ्कुलिटी स्पा’मा ३० प्रतिशतसम्म छुट

  २०८१ भदौ ७ गते १५:२२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित प्रचलित ‘ट्याङ्कुलिटी स्पा’बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले ‘ट्याङ्कुलिटी स्पा’का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

‘ट्याङ्कुलिटी वेलनेश कार्ड’ धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.