२०८१ भदौ ९ गते ६:३१ विकासन्युज
काठमाडौं । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृति तथा आगामी २१औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरूलाई ७.५० प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा कुल ९ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ८ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.