२०८१ भदौ ९ गते १२:१४ विकासन्युज
काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुट दिइने भएको छ ।
बैंक र क्लिनिकबीच भएको सम्झौता अनुसार क्लिनिकबाट प्रदान हुने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
साथै उक्त क्लिनिकमा कुमारी बैंकका ग्राहकहरुलाई चिकित्सकीय परामर्श वा सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुने पनि सम्झौतामा उल्लेख छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले अपेक्षा गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.