नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता

  २०८१ भदौ ११ गते १७:३५     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।

जसअनुसार गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ ।

हाल विकास बैंकहरूमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको महालक्ष्मीले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्दै आएको जनाएको छ । महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरूले स्टल नम्बर ई३३ मा गई सम्पर्क गर्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.