आइजीआई प्रुडेन्सियलले बिक्रीमा राख्यो ११ वटा मोटरसाइकल

  २०८१ भदौ १३ गते ७:४८     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ११ वटा सवारी साधन बिक्री गर्ने भएको छ । कम्पनीले चालु अवस्थामा रहेका ११ वटा मोटरसाइकल बिक्रीमा राखेको हो ।

सवारी साधनहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमद्धारा बिक्री गर्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्ति, फर्म वा संस्थाले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

कम्पनीका अनुसार बोलपत्र फाराम १ सय रुपैयाँ र आफूले कबोल गरेको मूल्य उल्लेख गरी उक्त रकमको १० प्रतिशत धरौटी रकम जम्मा गर्नुपर्नेछ ।