नेप्सेमा ३६ अंककाे गिरावट, कारोबार रकम कति ?

  २०८१ भदौ १३ गते १५:४३     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से बिहीबार पुनः घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ३६.८३ अंक घटेर २७४९.५७ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३२२ स्टकको १२ अर्ब २२ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार १३ अर्ब ७२ करोडको रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से घटे पनि दुई स्टकको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको ३७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ । १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड ०.१० प्रतिशत बढेको छ ।

यस्तै, जीवन बीमा समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ । लघुवित्त समूह २ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा समूह परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ८.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.