२०८१ भदौ १७ गते १८:४६ विकासन्युज
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र बुद्ध एयर सञ्चालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रविनमुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.