२०८१ भदौ १९ गते ७:२९ विकासन्युज
काठमाडौं । नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । कम्पनीको सेयरमा यहि भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिँदा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.