यी हुन् एनपीएलका ८ मालिक, साढे ३ करोडमा बिक्याे पोखरा टिम

  २०८१ भदौ २० गते २०:१९     विकासन्युज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को ८ वटा टिमको मालिक घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टिमको मालिक घोषणा गरिएको हो ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको क्यानले जनाएको छ । क्यानका अनुसार नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको हो ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा लिएको छ । टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ भने फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको हो ।

यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई २ करोड ५ लाख रुपैयाँमा लिएको छ भने एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगरलाई १ करोड ५१ लाख रुपैयाँमा लिएको हो ।

हिमालयन बिल्डर्सले टिम कर्णालीलाई १ करोड ११ लाख रुपैयाँमा लिएको छ भने टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.