२०८१ भदौ २३ गते २०:०९ विकासन्युज
काठमाडौं । नेपालमा इन्डोनेसियाका परिकारबारे जानकारी दिन तथा पारखीलाई चखाउन एक कार्यक्रम आयोजना भएको छ । नेपालस्थित इन्डोनेसियाली दूतावास र काठमाडौं टेक्निकल स्कुल (केटीएस) ले संयुक्त रूपमा आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु सुबोलो, उनकी श्रीमती सिन्ता एकावटी, मिनिस्टर काउन्सेलर वाह्यु रियादी, इकोनोमिक अफेयर्स एट्याची रोबी हर्ख र उनकी श्रीमती रिका ओक्टाभिएना लगायत उपस्थित थिए । त्यस्तै, बंगलादेशको ढाकास्थित इन्डोनेसियाली दूतावासको टोली पनि कार्यक्रममा सहभागी थियो ।
केटीएसले नेपालमै पहिलो पटक इन्डोनेसियाली खानाको स्वाद र यसबारे जानकारी मात्र नभई आफ्ना विद्यार्थीलाई पकाउन सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
केटीएसमा हस्पिटल म्यानेजमेन्ट अध्ययरत विद्यार्थीले तयार पार्ने इन्डोनेसियाली खानालाई थप स्वादिलो र आकर्षक बनाउन इन्डोनेसियाबाट नै सेफहरू आएका छन् । संस्कृतिमा धनी र विविधता बोकेको इन्डोनेसिया परिकारका मामलामा पनि धनी र विविधता बोकेको छ ।
कार्यक्रम सफल पार्न महत्त्वपूर्ण सहयोग गरेको भन्दै केटीएसले इन्डोनेसियाली दूतावासलाई धन्यवाद दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.