२०८१ भदौ २४ गते १८:१५ विकासन्युज
काठमाडौं । चाँदबाग स्कुलले ‘मोडल युनाइटेड नेसन्स’ (एमयूएन) सम्मेलन सम्पन्न गरेको छ । सेप्टेम्बर ६ देखि ८ तारिखसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै सम्मेलन सम्पन्न भएकाे हो ।
तीन दिन चलेकाे सम्मेलनमा २० विद्यालयका २ सय भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा विभिन्न विधामा छलफल र बहस गर्नुका साथै उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा विद्यार्थीले समाजमा भइरहेका विभिन्न घटनाबारे समूह बनाइ बहस गरेका थिए । जसमा संयुक्त राष्ट्र मानव अधिकार परिषद यूएनएचआरसी समितिले नेपालमा मानव अधिकार चुनौती र वकालतका विषयमा बहस गरेको थियो । यसैगरी, सामाजिक, सांस्कृतिक र मानवीय समितिले सामाजिक न्याय र मानवीय प्रयासहरूका विषय छलफल गरेको थियो ।
त्यस्तै, लागूऔषध र अपराधमा संयुक्त राष्ट्र कार्यालय युएनओडीसीले लागुपदार्थको ओसारपसार र अपराधसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्दै छलफल गरेको थियो । अन्य समितिले पनि विभिन्न विषयमा छलफल गरेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्रयान प्रधान श्रेष्ठले ‘नमुना संयुक्त राष्ट्र सम्मेलन’ एक ठूलो सफलता भएको बताए । विद्यार्थी र युवाको सीप विकास गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने उनकाे भनाइ छ ।
यस्तै, महासचिव जया भट्टराईले चाँदबाग नमूना संयुक्त राष्ट्र सम्मेलन सबैका लागि समृद्ध अनुभव भएको बताइन् । उनले यस्ता रचनात्मकता र समस्या समाधान गर्ने सीपहरूको स्तर प्रेरणादायी हुने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसका एड्भोकेसी क्याम्पेन कम्युनिकेसन एण्ड मिडियाका निर्देशक आयुष श्रेष्ठ जोशी, विशेष अतिथि गर्ली अग्रवाल, सीजी शिक्षाका शैक्षिक निर्देशक भूषणचन्द्र सेन गुरुङ, केन्द्र विद्यालयका प्रिन्सिपल ए जेराल्ड, इम्पेरियल वर्ल्ड स्कुल, रोहिणीकी प्रिन्सिपल जुनिता कार्कीलगायतका व्यक्तित्वहरूको सहभागी थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.