गरिब र विपन्न वर्गलाई जलविद्युतको सेयर दिने व्यवस्था गर्छाैं : उर्जामन्त्री खड्का

  २०८१ भदौ २५ गते ६:४३     विकासन्युज

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले गरिब र विपन्न परिवारका लागि सरकारले जलविद्युत् आयोजनाको सेयर सुनिश्चित गर्ने बताएका छन् । ‘सङ्खुवासभाको वस्तुस्थितीको छलफल’मा उनले गरिब र विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्नका लागि जलविद्युत् आयोजनाको सेयर गरिब वर्गका नागरिकलाई सुनिश्चित गर्न सरकारले काम गर्ने बताएका हुन् ।

‘साधन र स्रोतको प्रचुर सम्भावनाको क्षेत्रमा बसेका नागरिकलाई सेयर प्राप्त गर्ने ग्यारेन्टी सरकारले गर्छ, जलविद्युत् आयोजनालाई आफ्नो भविश्य सम्झेर सहयोग गर्न म सङ्खुवासभाबासीलाई आग्रह गर्दछु,’ उनले भने ।

उनले आर्थिक, सामाजिक र राजनीतिक हिसावले तल्लो वर्गका नागरिकमा पहुँच पु¥याउन सकिएन भने मुलुक समृद्धि हुन नसक्ने धारणा व्यक्त गरे । सङ्खुवासभाबाट निर्वाचित सांसद खड्काले मतदाताको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लाको विकासमा राजनीतिक दलबीच भाइचाराको सम्बन्ध रहेको बताए ।

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले विपन्न र निमुखा नागरिकलाई जलविद्युत् आयोजनामा जोडेर उनीहरुको आर्थिक जीवनस्तर बढाउन मन्त्रालयले चासो देखाएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले माथिल्लो अरुण आयोजनालाई वैदेशिक लगानीका साथै नेपाली लगानी जुटाएर भएपनि पूरा गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.