२०८१ भदौ २५ गते १०:१८ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरू साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ ।
सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो सम्झौताबाट एनआईएमबीका ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ । गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.