ब्याजदर घटेसँगै बढ्यो घरकर्जा, सिद्धार्थ र एनआईसी आक्रामक

  २०८१ भदौ २५ गते १३:१४     विकासन्युज

काठमाडौं । पछिल्लो समय ब्याजदर घटेसँगै आवासीय कर्जामा पनि वृद्धि भएको छ । गत वर्ष वाणिज्य बैंकहरूले साढे ३१ अर्ब बढीको आवासीय घर कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष बैंकहरूको आवासीय घर कर्जामा १३.१५ प्रतिशत वृद्धि भएको छ ।

गत वर्ष बैंकहरूले कुल ३ खर्ब १६ अर्ब ८ करोड रुपैयाँ आवासीय घर कर्जामा ऋण प्रवाह गरेका छन् । जबकि अघिल्लो वर्ष बैंकहरूले सोही प्रकृतिको कर्जामा २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले ३६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ आवासीय घर कर्जामा बढाएका हुन् ।

साथै राष्ट्र बैंकले पनि घरकर्जामा सहजीकरण गरेपछि कर्जा वृद्धि हुन पुगेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जाको सीमा बढाएर २ करोड रुपैयाँसम्म पुर्‍याएको छ । त्यसअघि १ करोड ५० लाख रुपैयाँ मात्रै सीमा थियो । राष्ट्र बैंकको नीतिमा कर्जाको सीमा बढाएकोले घरकर्जा लिने बढेको बैंकरहरू बताउँछन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै सिद्धार्थ बैंकले व्यक्तिगत घरकर्जामा ऋण बढाएको छ । यस बैंकले गत वर्ष ३५.५९ प्रतिशत अर्थात् ३ अर्ब १२ कोड रुपैयाँ बढाए ११ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

यस्तै, एनआईसी एशिया बैंकको ३४ प्रतिशत अर्थात् १५ अर्ब ९ करोड रुपैयाँ बढेर ५९ अर्ब ४६ करोड रुपैयाँ, कृषि विकास बैंकको २४.८९ प्रतिशत अर्थात् २ अर्ब २३ करोड रुपैयाँ बढेर ११ अर्ब १९ करोड रुपैयाँ, नबिल बैंकको २४.६८ प्रतिशत अर्थात् ५ अर्ब ११ करोड रुपैयाँ बढेर २५ अर्ब ८६ करोड रुपैयाँ, सानिमा बैंकको २२ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढेर ८ अर्ब ३९ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह गरेका छन् ।

कुमारी बैंकको २०.९१ प्रतिशत अर्थात् २ अर्ब १७ करोड रुपैयाँ बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.९१ प्रतिशत अर्थात् ५ अर्ब १ करोड रुपैयाँ बढेर ३३ अर्ब रुपैयाँ, नेपाल बैंकको १५.८७ प्रतिशत अर्थात् १ अर्ब ३१ करोड रुपैयाँ बढेर ९ अर्ब ५८ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको १५.१५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बढेर २ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.७८ प्रतिशत अर्थात् ३ अर्ब २१ करोड रुपैयाँ बढेर २४ अर्ब ९२ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको १०.५८ प्रतिशत अर्थात् ९४ करोड रुपैयाँ बढेर ९ अर्ब ८५ करोड रुपैयाँ, प्राइम बैंकको ९.७९ प्रतिशत अर्थात् ७२ करोड रुपैयाँ बढेर ८ अर्ब १० करोड रुपैयाँ, एनएमबी बैंकको ८.६९ प्रतिशत अर्थात् १ अर्ब २२ करोड रुपैयाँ बढेर १५ अर्ब २७ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको २.८५ प्रतिशत अर्थात् १७ करोड रुपैयाँ बढेर ६ अर्ब ३७ करोड रुपैयाँ घर निर्माणका लागि ऋण प्रवाह भएको छ ।

तर, समीक्षा अवधिमा आधा दर्जन बैंकको भने व्यक्तिगत घर निर्माणका लागि जाने कर्जा घटेको देखिन्छ । यस अवधिमा सबैभन्दा हिमालयन बैंकको घटेको छ । यस बैंकको १२.६१ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ घटेर ५ अर्ब २५ करोड रुपैयाँ मात्रै व्यक्तिगत घरकर्जा प्रदान गरेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.१५ प्रतिशत अर्थात् ९९ करोड रुपैयाँ घटेर ७ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको १०.५० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ घटेर १३ अर्ब ६६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८.२३ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ घटेर १८ अर्ब ८७ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.४७ प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ घटेर ८ अर्ब ६३ करोड रुपैयाँ र एभरेष्ट बैंकको ०.१७ प्रतिशत अर्थात् ४ करोड रुपैयाँ घटेर २२ अर्ब ९१ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.