२०८१ भदौ २७ गते १२:०९ विकासन्युज
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेकाे छ । झापाको बिर्तामोडस्थित अलास्का अटोमोबाइल र मोरङको विराटनगरस्थित गोयल अटोमा टाटा लन्च गरिएको हाे ।
साथै सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको थियाे । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग वाणिज्य संघका सदस्यहरूको सहभागिता रहेको थियो ।
पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकाले धेरै ग्राहक पन्च इभीको प्रतीक्षा गरिरहेका र लन्च कार्यक्रममा गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरू उत्साहित भएको कुरा अलास्का अटोमोबाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।
पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।
टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।
पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ।
पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.