चिनियाँले चलाएको कल सेन्टरमा सीआईबीको छापा, ५ महिलासहित ५० जना पक्राउ

  २०८१ भदौ २७ गते १७:२१     विकासन्युज

काठमाडौं । प्रहरीले कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न चिनियाँ र फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरेको छ ।

ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबार गरिरहेका दुई चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको थियो ।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सो स्थानबाट ५ जना महिलासहित ५० जनालाई पक्राउ गरिएको छ ।

उनीहरूले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेको प्रवक्ता बोगटीले जानकारी दिए ।

चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको सीआईबीले बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.