४८ देशसँग नेपालको अन्तराष्ट्रिय व्यापार नाफामाः के निर्यात हुन्छ अमेरिका, बेलायत, सुडान, सोमालिया र कंगोमा ?

  २०७३ माघ २८ गते १०:३७     विकासन्युज

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ६ महिनाको वैदेशिक व्यापारमा ४३० अर्ब घाटा व्यहोरेको छ । यसले नेपालको वैदेशिक व्यापारमा घाटाको ठुलो तस्विर देखाउँछ तर बिभिन्न ४८ वटा मुलुकसँगको वैदेशिक व्यापारमा भने नेपालले नाफा गरेको छ ।

यसरी नाफा गरिएका मुलुकहरुमा संयुक्त राज्य अमेरिका, बेलायतदेखि द्धन्द्धग्रस्त मुलुक सुडान, सोमालिया, कंगो र सिरिया लगायत रहेका छन् । गत आर्थिक बर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालले ४८ वटा मुलुकसँग वैदेशिक व्यापारमा एक अर्ब ६२ करोड नाफा गरेको छ ।

नेपालले सो एक बर्षमा ती मुलुकमा १२ अर्ब ८० करोडको निर्यात गरेर ११ अर्ब १७ करोड रुपैंयाँको आयात गरेको हो ।
नेपालले अमेरिकामा मात्रै ९ अर्ब ३४ करोडको निर्यात गरेको छ । अमेरिकाबाट भने ८ अर्ब ७० करोडको आयात गरेको छ ।
त्यस्तै, बेलायतमा २ अर्ब ८५ करोड निर्यात गरेर २ अर्ब २१ करोडको आयात गरेको छ । नेपालले रुवाण्डा, ताजिकिस्तान, गुयम, फ्रेञ्च साउदर्न टेरिटोरिज, लिसेस्टाइन, फ्रेञ्च गुयना, लाओस, बर्मुडा, अजरबैजान, अर्मेनियाँ, लिबिया, अल्जेरिया, उज्वेकिस्तान र पश्चिम साहारामा निर्यात मात्रै गरेको छ । यी देशमा नेपालबाट ५६ लाख रुपैंयाँका समान निर्यात भएका हुन् ।

यी हुन नेपालले वैदेशिक व्यापारमा नाफा गरेका मुलुकहरु
बेलायत, अमेरिका, नर्वे, अफगानिस्तान, इरान, अमेरिकन सामोअ, भेनेजुयला, स्लोभेनिया, न्यु क्लेडोनिया, आइसल्याण्ड, माली, मोनाको, पोर्चुगल, इस्टोनियाँ, नाइजेरिया, पुर्वी टिमोर, बहामास, पानामा, टोकेलाउ, रुवाण्डा, मरिसस, जमैका, ताजकिस्तान, गुडेलोप, सियरा लियोनी, निकारागुआ, गुयम, लिथुवानियाँ, सुडान, मंगोलिया, फ्रेञ्च साउदर्न टेरिटोरीज, लिसेस्टाइन, फ्रेञ्च गुयना, मोल्डोभा, लाओस, काजकिस्तान, बर्मुडा, युगाण्डा, कंगो, अर्मेनिया, लिबिया, फोरइजल्याण्ड, सिरिया, माल्दिभ्स, अल्जेरिया, उज्वेकिस्तान, पश्चिम साहारा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.