मेटलाइफ नेपालको ‘विविधतामा एकताको जीवन्त उत्सव’ भव्यताका साथ सम्पन्न

  २०८१ भदौ २८ गते १२:४४     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले विविधतामा एकताको जीवन्त उत्सव भव्यताका साथ सम्पन्न गरेकाे छ ।

उत्सवमा मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाकाे पनि उपस्थित थियाे ।

नेपालको विभिन्न क्षेत्रबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा उत्सवमा सहभागी भएका थिए ।

मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष-कार्यकारी गर्ने एजेन्सी म्यानेजर, युनिट म्यानेजर र फिल्ड रिप्रिजेन्टिभहरूको परिश्रम र समर्पणलाई सम्मान गरे ।

बीमा अभिकर्ताहरू वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका हुन् ।

मेटलाइफ, मेटलाइफ इन्कर्पोरेटेडको एक शाखा हो, जुन नेपालमा ५ डिसेम्बर, २००१ देखि सञ्चालित छ । मेटलाइफ नेपालमा बीमा अनुमति प्राप्त गर्ने पहिलो विदेशी कम्पनी पनि हाे ।

मेटलाइफ जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभहरु बीमा गर्ने देशको एक अग्रणी संस्था हो, जसले सुलभ लागतमा आकर्षक बीमा संरक्षण योजना र लाभ उपलब्ध गराउँदै आइरहेको छ ।

नेपालमा मेटलाइफका ८ हजार एजेन्ट छन् ।

सन् १८६८ मा स्थापित मेटलाइफ इन्कर्पोरेटेडको न्यूयोर्कमा प्रधान कार्यालय रहेकाे छ । विश्वका ४० भन्दा धेरै देशहरुमा सञ्चालित मेटलाइफले संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ।