२०८१ भदौ ३० गते ६:५३ विकासन्युज
काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश र हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भखौ २९ गते बैठकले सेयरधनीहरूलाई लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । यस्तै कम्पनीले बोनस सेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने कपनीले जनाएको छ ।
लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा असोज २१ गते बिहान १० काठमाडौंमा बस्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.