५.२६ % लाभांश पारित गर्न आशुतोष इनर्जीले डाक्यो साधारण सभा

  २०८१ भदौ ३० गते ८:५०     विकासन्युज

काठमाडौं । आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । कम्पनीको सभा नक्साल काठमाडौंमा बिहान साढे ८ बजे बस्नेछ ।

कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.