सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

  २०८१ भदौ ३० गते ११:५४     विकासन्युज

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । आइतबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन तेजावी सुनको मूल्य पनि ८ सयले नै बढेर तोलाको एक लाख ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.