नियमित खानूहोस् दही, यस्ता छन् फाइदा

  २०८१ भदौ ३० गते १५:०५     विकासन्युज

काठमाडौं । के तपाईं आफ्नो आहारमा दही कत्तिको समावेश गर्नुहुन्छ ? के तपाईंलाई दहीको फाइदाबारे थाहा छ ? आज दहीका फाइदाका बारेमा  छलफल गरौं । दही पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । यसले शरीरलाई पोषण प्रदान गर्छ । दहीमा उच्च मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डीलाई मजबुत बनाउन सहयाेग गर्छ । यसले शरीरमा बढ्दो बोसोको मात्रालाई पनि नियन्त्रण गर्छ ।

दहीकाे दैनिक सेवनले मुटुको समस्यालाई हटाउन मद्दत गर्नुका साथै कोलेस्ट्रोलको स्तर घटाउन पनि मद्दत गर्छ । दहीमा पाइने प्रोबायोटिक्सले मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोग (सीभीडी) विश्वव्यापी मृत्युको प्रमुख कारण हो । जसका कारण बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार आहारमा दही समावेश गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।

दहीकाे फाइदाहरू:

आहारविज्ञ मनिषा गोयलले दहीमा क्याल्सियमको मात्रा बढी हुनुका साथै बी कम्प्लेक्स पनि प्रचुर मात्रामा पाइने बताउँछिन् । यसमा पाइने भिटामिन बी १२ र रिबोफ्लेविनको सहयोगले न्युरल ट्युब जन्मदोषका साथै मुटुसम्बन्धी रोगबाट पनि राहत मिल्ने उनकाे भनाइ छ । दहीको सेवनले शरीरलाई संतृप्त बोसो र केही मात्रामा मोनोस्याचुरेटेड फ्याट प्राप्त हुन्छ । यसको सेवनले शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ ।

युएसडीएका अनुसार १ कप दहीको सेवनले शरीरलाई २८ प्रतिशत फस्फोरस, १० प्रतिशत म्याग्नेसियम र १२ प्रतिशत पोटासियम प्राप्त हुन्छ । यसबाहेक दहीमा सेलेनियम र जिंक पनि पाइन्छ । यसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ ।

 कोलेस्ट्रोल राम्रो बनाउँछ

ब्रिटिस जर्नल अफ न्यूट्रिशनको रिपोर्टका अनुसार दहीमा पाइने स्याचुरेटेड फ्याटले शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ। जर्नल अफ हेयरी साइन्सको २०१७ को रिपोर्टअनुसार घरमा बनाएको दही खाने मानिसमा अरूकाे तुलनामा राम्रो कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । यसबाहेक ट्राइग्लिसराइड्सको स्तर पनि नियन्त्रणमा रहन्छ ।

रक्तचाप नियन्त्रण

दहीमा भिटामिन ए, बी ६, बी १२ र रिबोफ्लेभिन जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार दहीको नियमित सेवनले उच्च रक्तचापको जोखिम कम गर्छ । यसमा पाइने क्याल्सियम र पोटासियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । अर्को अध्ययनका अनुसार दिनमा तीन पटक दही खाँदा उच्च रक्तचापको जोखिम १३ प्रतिशतले कम हुन्छ ।

हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ

हार्ट फाउन्डेसनको अनुसन्धानका अनुसार बिना स्वादको दहीको सेवनले रक्तनलीमा हुने कडापनलाई कम गर्न सकिन्छ । खानेकुरामा दही समावेश गर्नाले धमनीमा हुने अवरोध हटाएर मुटुमा रक्तसञ्चारलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसको सेवनले शरीरलाई म्याग्नेसियम र पोटासियम प्राप्त हुन्छ । यसले हृदयघात र स्ट्रोकको जोखिमलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

उत्तम प्रोबायोटिक्स

पेटको माइक्रोबायोमले मुटुको सही स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । दही खाँदा पेटमा राम्रो ब्याक्टेरियाको वृद्धि हुन्छ । माइक्रोबायोटाले एथेरोस्क्लेरोसिस, उच्च रक्तचाप र सूजन कम गर्न सक्छ । -एजेन्सीकाे सहयाेगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.