सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ करोड ऋण देखियो : सभापति थापा

  २०८१ भदौ ३१ गते १५:१०     विकासन्युज

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिका अध्यक्ष सूर्य थापाले सहकारीबाट गोरखा मिडियामा ८५ करोड ऋण प्रवाह भएको देखिएको बताएका छन् । सोमबार संसदमा समितिले तयार पारेको प्रतिवेदन तयार पार्दै उनले यस्तो बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा सबै ‘फेक’ रहेको धारणा राखेका छन् । ‘ उनले  भने, ‘सहकारीमा विवाह फेक, सम्बन्ध विच्छेद फेक अंशवण्डा, साधारणसभा, प्रतिवेदन, सेयरसदस्य, ऋणी, बैंक खाता, आश्वासन फेक र बचन सबै फेक देखियो । सहकारीहरू सहकारीको सिद्धान्त र मूल्य मान्यताअनुसार चलेका छैनन् ।’

सांसद थापाले छानबिनको क्रममा सरकारलाई निर्देशन दिएपनि विदेशमा फरार रहेका २९ जनाको बयान लिन नसकिएको गुनासो गरे । उनले तीन महिनाको अवधिमा कुल ६६ वटा बैठक गरेर ४५१ व्यक्तिसँग बयान तथा छलफल गरेको बताएका छन् ।

उनले सहकारीको बचत ठगीको आरोप लागेका १४ वटा सहकारीका ४७ वटा आरोपितसँग बयान लिएको जानकारी गराएका छन् । उनले बचत तथा ऋणसँग सम्बन्धित सहकारीमा बढी समस्या देखिएको बताए ।

यस्तै, उनले बैंक तथा वित्तीय संस्थाले ऋण रकमै धितो लिलाम गरेको देखिएको पनि बताएका छन् । उनले छानबिनमा आएका सहकारीको कुल सम्पत्ति ८२ अर्ब, दायित्व ८७ अर्ब र ऋण ५३ अर्ब बराबर रहेको जानकारी दिए ।

उनले समितिले सहकारीको नियामनमा १४ वटा सुझाव, बचत सुरक्षणसम्बन्धि ६ वटा सुझाव सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी सम्बन्धि ८ वटा सुझाव उल्लेख गरेको पनि जानकारी दिए ।

याे पनि पढ्नूहाेस् : सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.