सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

  २०८१ भदौ ३१ गते १५:३३     विकासन्युज

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्दै समितिका सभापति सूर्यबहादुर थापा ।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन् ।

विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सोको छानबिन गर्नका लागि भन्दै प्रतिनिधिसभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानविन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताए ।

उनले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए।

प्रतिवेदनसभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए ।

उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’

याे पनि पढ्नूहाेस्: सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ अर्ब ऋण देखियो : सभापति थापा

याे पनि: सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.