राष्ट्रिय वाणिज्य बैंकले घटायो निक्षेप र कर्जाको ब्याज, ७.७७ प्रतिशतमै कर्जा

  २०८१ असोज १ गते ८:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले चाडपर्व योजनामा ७ वर्ष अवधिका लागि विद्युतीय तथा अन्य गाडी कर्जा ७.७७ प्रतिशत स्थिर ब्याजदरमा दिने भएको हो । यो योजना भदौ १ गतेदेखि कार्तिकसम्म मात्र लागु हुने बैंकले जनाएको छ ।

साथै बैंकले २ बर्ष अवधिका लागि जलविद्युत परियोजना कर्जाको स्थिर ब्याजदर ७.९५ प्रतिशत तोकेको छ । पछिल्लो ३ महिनाको औषत आधार दर ६.६६ प्रतिशत रहेको छ ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.