अनरले ल्यायो दशैंलक्षित अफर, थाइल्यान्ड भ्रमणको मौका

  २०८१ असोज १ गते १६:१६     विकासन्युज

काठमाडौं । अनर नेपालले दशैंलक्षित अफर सार्वजनिक गरेकाे छ ।

अफरअनुसार कुनै पनि हनर स्मार्टफोन किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमण गर्ने माैका पाउनेछन् ।

यसैगरी, ग्रान्ड अफरअन्तर्गत अप्रिलिया एसआर १२५ काे साथमा अनर म्याजिक भी २ पनि जित्न सकिनेछ ।

साप्ताहिक पुरस्कारकाे रूपमा मार्शलकाे स्पिकर र अनर २०० पनि पाउन सकिनेछ ।

कम्पनीले दैनिक पुरस्कारकाे रूपमा अनर चाेइस एयरबड्स एक्स ५ र स्की जीटी वाच राखेकाे छ ।

अनर नेपालका राहुल राठीले दशैंलाई अझ विशेष र सम्झनलायक बनाउन यस्ताे खालकाे अफर ल्याएकाे बताए ।

अफर १७ सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ शप र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ कम्पनीले जनाएकाे छ ।

अफरमा सहभागी हुनको लागि ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन किन्नु पर्नेछ र खल्ती एपमार्फत दामी क्युआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सक्नेछन् ।

यस अभियानको थप जानकारीका लागि अनरका सामाजिक सञ्जाल पेज र वेबसाइट हेर्न सकिने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.