३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

  २०८१ असोज ३ गते ६:४४     विकासन्युज

काठमाडौं । कम्पनीहरूबीच गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रतिस्पर्धा चलिरहेको छ । धमाधम लाभांश घोषणा गरिरहेका कम्पनीहरुमध्ये धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् ।

हालसम्म सिविआईएल सेक्युरिटिज, इम्पिेरियल सेक्युरिटिज कम्पनी र नबिल स्टक डिलरले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

सिविआईएल सेक्युरिटिजले गत वर्षको नाफाबाट चुक्ता पुँजीको करसहित ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ६ गते सिबिआईएल सेक्यूरिटिजको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान ८ बजे दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।

यस्तै नबिल स्टक डिलरले चुक्ता पुँजीको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २० गते तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे काठमाडौंमा बोलाएको छ ।

यतै इम्पिेरियल सेक्युरिटिज कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १७औँ वार्षिक साधारण सभा असोज १८ गते अपरान्ह ३ बजे अनामनगरमा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.