एनआइएमबि एस क्यापिटलको ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

  २०८१ असोज २ गते १२:१३     विकासन्युज

काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए ।

कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको उक्त कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ ।

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.