शैलुङका श्रेष्ठ दम्पतीले दिए छोरालाई पास्निमा बीमा पोलिसी उपहार

  २०८१ असोज २ गते १८:५४     विकासन्युज

काठमाडौं । दोलखा जिल्लाको शैलुङ निवासी एक दम्पतीले आफ्नो छोराको पास्निमा बीमा पोलिसी उपहार दिएका छन् ।

शैलुङ निवासी दम्पती विशाल श्रेष्ठ र कमला श्रेष्ठले आफ्नो छोरा सबिक श्रेष्ठलाई पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

उनीहरूले नेशनल लाइफ इन्स्योरेन्समा बीमा गराएर छोरालाई उपहार दिएका हुन् ।

छोरो सबिकको नाममा १० लाख रुपैयाँ बीमांक रकमको पोलिसी, बुबा विशालको नाममा १० लाख र आमा कमलाको नाममा १० लाख गरी कुल ३० लाख रुपैयाँ बीमांक रकमको बीमा गरेर छोरालाई उपहार दिइएको जनाइएको छ ।

उक्त सबै बीमा छोराको उज्जवल भविष्यका लागि गरिएको बुबा विशालले बताए । भविष्यमा छोरालाई पढाइका लागि सहयोग होस् भन्ने उद्देश्यले उक्त बीमा गरेकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.