खुल्यो धरहरा, दैनिक ६ सयले चढ्न पाउने

  २०८१ असोज ३ गते १४:५२     साैगात पुडासैनी

धरहरा । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज

काठमाडौं । धरहरा खुलेको छ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे ।

०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छेउमा अर्काे धरहरा बनाइएकाे हाे । साेही धरहरा सर्वसाधारणका लागि खुलेको हाे ।

संविधान दिवसकाे अवसर पारी धरहरा खुला पारिएकाे हाे ।

सहरी विकास तथा भवन निर्माण विभागले सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउने जनाएकाे छ ।

प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउने जनाइएकाे छ । यसैगरी, प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ ।

०७५ को कात्तिकमा धरहरा पुन:निर्माण सुरु भएकाे भएपनि पूर्णरूपमा अझै बनिसकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७८ काे वैशाखमा धरहरा नबन्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए ।

धरहरा २ वर्षमै निर्माण सम्पन्न हुनेगरी पुन: निर्माण सुरु भएको थियो ।

नवनिर्मित धरहरा अहिले ४२ रोपनीमा फैलिएकाे छ । पहिला धरहरा पाँच रोपनी क्षेत्रफलमा फैलिएको थियाे ।

धरहराबाट खिचिएका तस्बिर 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.