स्काइवर्थको दशैंतिहार योजना सार्वजनिक, उपहारको रूपमा कार पाउन सकिने

  २०८१ असोज ३ गते १८:४१     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले दशैंतिहारलाई लक्षित गरी नयाँ याेजना सार्वजनिक गरेकाे छ ।

कम्पनीले ‘स्काइवर्थ सपना साकार, दशैंतिहारको बहार, बम्परमा कार उपहार’ याेजना ल्याएकाे हाे ।

याेजनाअन्तर्गत ग्राहकहरूले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् र विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्ने कम्पनीले जनाएकाे छ । अफरमा अन्य थुप्रै पुरस्कार पनि उपलब्ध छन् ।

याे अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिङ मेसिन, एयर कन्डिसनरजस्ता होम एप्लायन्सेसहरू उपलब्ध गराउँदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.