स्प्राइटको नयाँ अफर नेपाली बजारमा, कोकाकोला तथा फ्यान्टा खरिदमा पनि लागू

  २०७३ फागुन १ गते १२:५३     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कम्पनी कोकाकोलाले स्प्राइटमा एक अफर ल्याएको छ । यस नयाँ अफर अन्तर्गत, अब उपभोक्ताले स्प्राइटको हरेक २.२५ लीटर बोतलको खरिदमा निःशुल्क पेय पदार्थ माज्जासँग आँपकोे स्वादिलो स्वाद अनुभूति गर्न पाउनेछन् । उपभोक्तामाझ स्प्राइटको रुचि कायम गर्नुका साथमा आँपको चाहनालाई पूर्ति गर्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ । यो अफर मुख्य शहरहरुमा अन्तिम स्टक रहुन्जेलसम्म सीमित गरिएको छ ।

कम्पनीले यो अफर कोकाकोला तथा फ्यान्टाको खरिदमा पनि लागू गरेको छ । आँपको पेय पदार्थको पहिलो विकल्पको रुपमा उपभोक्तामाझ एक विशेष स्थान बनाउन सफल माज्जाले आँपको एक नयाँ अनुभव प्रदान गरि आएको छ । उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद उनीहरु सामु उपलब्ध गराउने दृष्टिकोणले यो रणनीतिक अभियान सुरु गरिएको हो ।

त्यसैले, आजै २.२५ लीटरको स्प्राइट, कोकाकोला अथवा फ्यान्टाको बोतल खरिद गरि निःशुल्क आँपको स्वादको भरपुर आनन्द उठाउन सक्ने छन् ।