एनएमबि बैंकले ४ जिल्लामा १४ कित्ता घरजग्गा बेच्दै

  २०८१ असोज ४ गते ७:४८     विकासन्युज

फाइल फोटो

काठमाडौं । एनएमबि बैंकले गैह्र बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ४ जिल्लाका विभिन्न ठाउँको गैह्र बैंकिङ्ग (घरजग्गा) सम्पत्ति लिलाम बिकी गर्ने भएको हो ।

बैंकको स्वामित्वमा रहेका काठमाडौं, ललितपुर, मकवानपुर र मोरङ्गका विभिन्न ठाउँमा रहेको घरजग्गा बिक्रीमा राखेको हो । काठमाडौंमा २ कित्ता, ललितपुरमा ६ कित्ता, मकवानपुरमा एउटा कित्ता र मोरङ्गमा ५ वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो ।

उक्त सम्पत्ति जे जस्तो अवस्थामा सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.